गृहपृष्ठ शनिबार थपिए १६७४ जना कोरोना संक्रमित, २३२३ जना डिस्चार्ज
शनिबार थपिए १६७४ जना कोरोना संक्रमित, २३२३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ हजार ३ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएकाे छ । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् भने ७ सय ५७ जना क्वारेन्टिनमा छन् ।
त्यसैगरी नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ ।मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाकाे कोरोनाबाट मृत्यु भएको हो ।
प्रकाशित समय १६:२९ बजे

















