गृहपृष्ठ देशभर थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

देशभर थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३२ नमूनाको पीसीआर गरिएको थियो ।

आइतबार थपिएकामध्ये काठमाडौं उपत्यकाका ९ सय ५७ जना रहेका छन् । आज काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । आइतबार देशभर ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८६ जना क्वारेन्टिनमा छन् ।

यस्तै कोरोना संक्रमणबाट देशभर थप १६ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु