गृहपृष्ठ बालिका हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बालिका हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

तस्बिर स्रोत : सामाजिक सञ्जाल ।

बर्दिवासमा एक बालिकाको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ मुलघर भएका २५ वर्षीय अरूण कुमार साहको घरमा आगजनी भएको हो । प्रहरीका अनुसार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।

दमकललाई बाटोमै स्थानीयले रोकेपछि आगो नियन्त्रणबाहिर गएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बालिका हत्याको विरोध गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । बर्दिवास नगरपालिका- १४, शुभमबस्ती निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घरनजिकै फेला परेको थियो ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु