गृहपृष्ठ सुनको मूल्य १८ सय रुपैयाँ घट्यो

सुनको मूल्य १८ सय रुपैयाँ घट्यो

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने १ हजार ८ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ रहेको थियो ।

सोमबार ९३ हजार ८ सय रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै सोमबार चाँदीको मूल्य सामान्य घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु