गृहपृष्ठ जनकपुरमा महिला मृत फेला, श्रीमान फरार
जनकपुरमा महिला मृत फेला, श्रीमान फरार
जनकपुरधाम उपमहानगरपालिका- २३, जिरोमाइलमा रेखा नाम गरेकी २२ वर्षीया महिला मृत फेला परेकी छन् । उनी बाराको कलैया नगरपालिका घर भएका २५ वर्षीय सन्तोष चौरसियासँग सो स्थानमा दुई महिनादेखि डेरा गरी बस्दै आएकी थिइन् । स्थानीयवासीसँग उनीहरूले आफूहरूलाई श्रीमान-श्रीमती भएको बताएका थिए ।
शवको प्रकृति हेर्दा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । डीएसपी मिश्रका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतक महिलासँगै बस्ने चौरसिया भने फरार छन् ।प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप खुलासा हुने डीएसपी मिश्रले बताए ।
प्रकाशित समय १५:१९ बजे

















