गृहपृष्ठ स्यान्टियागोमा महिला हिंसाविरुद्ध प्रदर्शन

स्यान्टियागोमा महिला हिंसाविरुद्ध प्रदर्शन

स्यान्टियागोमा महिलावादीहरुले महिलाअधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसाविरुद्धमा नारा लगाएका हुन् ।

उनीहरुले ‘बलात्कारी हामीबीच नै छ’ भन्ने नारा दिएर सबैतिर महिला असुरक्षित रहेकाले सुरक्षा दिनुपर्ने बताएका छन् । महिला हिंसाविरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

चिलीको प्रहरीले उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर धपाएको थियो । पछि उनीहरु जम्मा भएर फेरि प्रदर्शन गरेका हुन् । चिलीका महिला अधिकारवादीहरुले लास तेसिस नाम दिएर यो महिला हिंसाको विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरुले सुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्छन् । महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरु देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन् ।

त्यस अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा आइसकेको छ । विभिन्न स्थानमा यो आन्दोलन पुरुषका विरुद्धमा उग्र रुपमा पनि गर्ने गरिएको छ । बुधबार पनि चिलीको उक्त स्यान्टियागो सहरमा महिलाहरुले पुरुषका विरुद्धमा नाराबाजी गरेर ठूलो संख्यामा उपस्थित भएर सडक पनि अवरुद्ध पारेका थिए ।

उनीहरुले यस क्रममा सडकमा अवरोध पु-याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्नेमात्र नभएर यहाँका सटर पसलहरुबाट सामान लुट्ने सम्मको काम गरेका थिए । त्यसैले ठूलो बल प्रयोग गरेर प्रहरीले उनीहरुलाई हटाएको थियो । यस आन्दोलनले ठूलो हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गर्ने गरेको छ ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु