गृहपृष्ठ आइतबार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबार २ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य आइतबार पनि ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ थियो । आइतबार चाँदी १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:३४ बजे

















