गृहपृष्ठ कुहिरोमाथि पिके डाँडा (फोटोफिचर)

कुहिरोमाथि पिके डाँडा (फोटोफिचर)

पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । जाडो बढेको यो माैसममा पिके डाँडा कुहिरोमाथि देखिन्छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके डाँडाबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा, सगरमाथा, ल्होत्से, नुप्चे र मकालुलगायत हिमाल देख्न सकिने स्थानीयवासीहरू बताउँछन् । पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरू पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला पनि लाग्छ । शेर्पा समुदाय धूप (सुनपाती) टिप्नका लागि पनि यहाँ पुग्छन् ।

यहाँको चुप्लुङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर पदयात्रा मार्ग निर्माण भएको छ । थोरै समयमा पुगेर हिमाली दृश्य र परिवेश अवलोकन गर्न सकिने यस क्षेत्र प्रकृतिको अनुपम उपहार हो । काठमाडौंबाट धुलिखेल, खुरकोट, रामेछापको मन्थली हुँदै लिखु खोला तरेर धोबी हुँदै करिब १४० किलोमिटर सडक यात्रा गरेर पुग्न सुन्दर भौगोलिक बनोट रहेको पिके डाँडा क्षेत्र पुग्न सकिन्छ ।  (तस्बिरहरू : उत्सव नेवार)

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु