गृहपृष्ठ सोमबार ७ सयले घट्यो सुनको मूल्य
सोमबार ७ सयले घट्यो सुनको मूल्य
आइतबार ६ सय रुपैयाँले ओरालो लागेको सुन सोमबार पनि ७ सय रुपैयाँले ओरालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन ६५० रुपैयाँले घटेको छ । आइतबार ९० हजार २ सय रुपैयाँ कायम भएको तेजावी सुन सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै सोमबार चाँदी १९० रुपैयाँ घटेर प्रतितोला ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:०४ बजे

















