गृहपृष्ठ सानिमा बैंकले ल्यायो नि:शुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकले ल्यायो नि:शुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ । यो योजना यही मंसिर १५ देखि २२ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएको छ ।

अनलाइन आवेदन httos://cardrequ .sanimabank.com/credit-card/o nline-aoolication बाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरूले निशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा गएर हेर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु