गृहपृष्ठ थप १३४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

थप १३४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । बिहीबार २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २ सय ७२ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ । जसमा १५ हजार ७ सय ६६ जना आइसोलेसनमा र ५७६ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु