गृहपृष्ठ गण्डकीमा थप ११९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

गण्डकीमा थप ११९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ५५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ जना र मादी गाउँपालिकामा १ जना, बागलुङमा १८, लमजुङमा २१, म्याग्दी ३, मुस्ता २ पर्वत २, स्याङ्जामा १ त्यस्तै तनहुँ ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १२ हजार ५९८ पुगेको छ भने निको भएर घर जानेको संख्या ७ हजार २९१ पुगेको छ । त्यस्तै आज पोखरामा थप ३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । पोखराको गण्डकी अस्पताल र फिस्टेल अस्पतालमा उपचाररत ३ जना संक्रमितको निधन भएको हो ।

पोखरा महानगरपालिका १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको शनिबार बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा ११ की ७२ वर्षीया १ जना महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति फिस्टेल अस्पताल पोखरामा निधन भएको हो ।

मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १६६ पुगेको छ ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु