गृहपृष्ठ सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डका रुपमा मानवतावाद
सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डका रुपमा मानवतावाद
यो वर्ष कोभिड-१९ को कठिन समयका बावजुद पनि ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिए छ । यस वर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । व्यवसायिक नवप्रवर्तनको मूल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । यसका लागि ओपो निरन्तर गुणात्मक नवप्रवर्तनका लागि प्रेरित हुने गरेको छ । यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभूति दिन ओपोले निरन्तर रुपमा अग्रगामी प्रविधि पस्किँदै आएको छ ।
स्टे होम, स्टे स्मार्ट
विश्वभर कोरोना भाइरसको महमारीका कारण मानिसहरु घरभित्रै सीमित रहनुपर्ने दुर्भाग्यपूर्ण र तनावपूर्ण अवस्थाको मुडमा सुधार ल्याउन ओपोको यूडब्ल्यूबी स्पासियल अवेरनेस प्रविधि एक हो । घरमै बसिरहेको अवस्थामा ओपोको यूडब्ल्यूबी स्पाशियल अवेरनेस प्रविधिले आफ्ना आईओटी उपकरणहरु मार्फत जीवनमा सहजता ल्याउन सघाउँछ । यसको माध्यमबाट मोबाइल फोनमार्फत उपभोक्ताले स्मार्ट उपकरणहरुमा सहज नियन्त्रण पाउन सक्छन् । उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथलगायत घरमा रहेका अन्य उपकरणहरु हल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ । यिनका माध्यमबाट घरमै रहेको अवस्थामा पनि आफ्नो ध्यान एकाग्र गरी काममा केन्द्रित हुन सकिन्छ ।
भर्चुअल र भौतिक विश्वको अभिशरण
बिदाको योजना बनाउँदा साथी तथा परिवारका साथमा सानो जमघट तथा भेला गरी रमाउने चाहना सबैको हुन्छ । यस्तोमा यदि दिशासम्बन्धी ज्ञान राम्रो नभएमा ओपोको नयाँ नेभिगेशन प्रणाली सबैको लागि उपयोगी हुन सक्छ । नयाँ आरटीके पोजिशनिङ अल्गोरिथमले ओपो स्मार्टफोनमा अवस्थितिका बारेमा जानकारीका लागि १ मिटरभन्दा यूनएक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ । यसले दूई मेजरिङ स्टेशन्सका बिचमा रहेको डाटा मापन गरी सटिक अवस्थिति प्रदान गर्न प्रयोग गर्छ । तर, यो सुरुवात मात्र हो, भौतिक जगतमा नहराउनु मात्र पर्याप्त हैन । ओपोले यस क्षेत्रमा अझ रोचक (ओपो साइबरियल) पनि प्रस्तुत गरेको छ ।
सुपर एआर एपका रुपमा सटिक अवस्थिति सेवा उपलब्ध गराउने, ओपो साइबरियलमा जीपीएस, वाईफाई र ब्ल्यूटूथजस्ता मोबाइल उपकरणमार्फत उपलब्ध हुने डाटा पनि जडान गरिएको छ । साथै, एसएलएएम र एआई सिन अल्गोरिथमले मिलिसेकेण्डमै लोकलाइजेशन सेवा उपलब्ध गराउँछ जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ । आउटडोर नेभिकेशनका साथै सपिङ मल लगायतमा घुमिरहँदा प्रयोगकर्ताले प्रदर्शनीमा राखिएका उत्पादनका साथै भर्चुअल ईन्टरटेनमेन्टको मज्जा पनि लिन सक्छन् । ओपो साइबरियलले प्रयोगकर्तालाई वास्वविक विश्वका पुन: निर्मित विवरण विस्तृत रुपमा प्रस्तुत गर्नुका साथै एआर सँगको समन्वयमार्फत विस्तृत डिजिटल जानकारी प्रस्तुत गर्छ ।
मनपर्यो ? तस्विर खिच्नुस्
जीवन्त तस्बिर तथा भिडियोका साथ अमूल्य पलहरु सम्झनाका रुपमा कैद गर्न चाहनेहरूका लागि ओपोको नेक्स्ट जेनरेशन हाइब्रिड जुम प्रविधि उपयुक्त हुनेछ । ओपोले दैनिक जीवनमा बृहत्त रुपमा प्रयोग हुने ८५ एमएम र १३५ एमएम फोकल लेन्थमा विशेष सुधार प्रस्तुत गरेको छ । यसले गर्दा प्रयोगकर्ताले सहज रुपमा सटिक कलर रिप्रडक्शन र विस्तृत विवरणका साथ जीवन्त तस्बिर लिन सक्नेछन् ।
कम्प्युटर भिजन र प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर) २०२० मा ओपोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युशन प्रविधिका लागि २ वटा प्रथम स्थान र दुईवटा तृतीय स्थानका लागि अवार्ड हात पारेको छ । यस प्रविधिले धमिला तस्बिरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ । साथै, भिज्यूअललोकलाइजेशन फिचरका माध्यमबाट तस्बिर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचान गर्न तथा भिडियोमा मानव क्रियाकलापका बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ । यी सबै प्राविधिक विकासका माध्यमबाट आफ्ना प्रिय मानिसहरुका साथमा तस्विर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ ।
अझ तीव्र, अझ उत्कृष्ट
फ्ल्याश चार्ज प्रविधिको अग्रणीका रुपमा ओपोले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित, तीव्र र सुलभ अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गर्दै ब्याट्री सकिने समस्याबाट छुटकारा प्रदान गर्ने अठोट गरेको छ । यस वर्ष ओपोले १२५ वाट सुपर फ्ल्याश चार्ज र ६५ वाट एयरभोक ताररहित फ्ल्याश चार्ज सोल्यूशन सार्वजनिक गरिसकेको छ । त्यसैगरी, अल्ट्रा स्मलपोर्टेबल ५० वाट मिनी सुपरभोक चार्जर र ११० वाटमिनी फ्ल्याश चार्जर पनि सार्वजनिक गरेको छ । ओपोको १२५ वाट फ्ल्याश चार्जमार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमा प्रयोगकर्ताले दिनभर निर्धक्क भई आफ्नो फोनको प्रयोग गर्न सक्छन् ।
ओपो ईन्नो डे २०२० को कुरा गर्दा ओपोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ नारालाई अघि सारेको थियो । यस उद्देश्यका साथमा प्रयोगर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ ।
प्रकाशित समय १५:३६ बजे

















