गृहपृष्ठ सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम
सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम
युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ ।
यो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएस जस्ता अत्यधुनिक सेवा-सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ ।
गुरु कोर बैंकिङ सिस्टम ‘सफ्टवेयर एज सर्भिस’ को अवधारणाका साथ बजारमा आएको भन्दै कम्पनीले उक्त सफ्टवेयर क्लाउडमा चल्ने भएकाले सहकारीको आफ्नो डाटामा सातै दिन चाैबीसै घण्टा सुरक्षित तवरमा पहुँच हुने दाबी गरेको छ ।
गुरु कोर बैंकिङ सिस्टभित्र सदस्यहरूको सेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, ब्याजदर गणना (स्प्रेड क्यालकुलेसन), लागत गणना (कस्ट अफ फन्ड क्यालकुलेसन) लगायतका मुख्य फिचर भएको गुरु ईन्फोसिसले जनाएको छ ।
यसैगरी, अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुने दाबी गर्दै गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खाताबाट बैंकमा रकमान्तर गर्न सकिने जनाइएको छ ।
सहकारीका लागि चाहिने सम्पूर्ण सेवा सुविधा आफ्नै इकोसिस्टमबाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुबिधा को थर्ड पार्टी खोज्नु नपर्ने गुरु इन्फोसिसले जानकारी दिएको छ ।
सफ्टवेयर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धि रिपोर्टिङ, कर्ब्स, प्रोबासन जस्ता गुणस्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदनहरू पनि सफ्टवेयरमा समावेश गरिएको गुरु इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सुधीर सापकोटाले जानकारी दिए ।
गुरु इन्फोसिसले न्युरोड, काठमाडौं स्थित प्रधान कार्यालय लगायत चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा रहेका फिल्ड कार्यालयबाट सेवा सुविधा विस्तार गर्दै आएको छ ।
प्रकाशित समय १५:०१ बजे

















