गृहपृष्ठ नेकपा स्थायी कमिटीको अर्को बैठक २८ गते, केन्द्रीय कमिटी बैठक सर्यो
नेकपा स्थायी कमिटीको अर्को बैठक २८ गते, केन्द्रीय कमिटी बैठक सर्यो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सकिएको छ । आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने तय गरेको छ । बैठकको अधिकांश समय पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए ।
त्यस्तै, मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् । उनी बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । विभिन्न कारणले उपस्थित हुन नसकेका केहीबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थित थिए ।
आजको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएका प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए ।
प्रकाशित समय १५:४८ बजे
















