गृहपृष्ठ तीन देशका लागि राजदूत सिफारिस
तीन देशका लागि राजदूत सिफारिस
मन्त्रिपरिषद् बैठक ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि बैठकले राजदूत सिफारिस गरेको हो ।
बैठकबाट श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको ती मन्त्रीले बताए ।
प्रकाशित समय १३:४७ बजे

















