गृहपृष्ठ थपिए ८९९ कोरोना संक्रमित, १३५९ जना डिस्चार्ज
थपिए ८९९ कोरोना संक्रमित, १३५९ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४२ जना पीसीआर परीक्षण गर्दा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ । हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:५३ बजे

















