गृहपृष्ठ अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति
अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति
फाइल तस्विर
अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ ।
एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो । हानले यसलाई असत्य भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मंगलबारबाट खोप कार्यक्रम सुरू गर्ने बताएका छन् । फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ । गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु संख्या हो ।
एफडीएले के भन्यो ?
बिहीबार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए । २३ सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए । शुक्रबार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिएका थिए र लेखेका थिए : ‘डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ । खेल्न छोड र जीवन रक्षा गर् ।’
वाशिङटन पोस्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रवार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिएका थिए । तर, हानले सञ्चारमाध्यमलाई खोपलाई अनुमति दिन छिटो काम गर्न प्रोत्साहित गरिएको भन्दै मिडोजको फोनका बारेमा सञ्चारमाध्यमले गरेको चित्रण असत्य भएको बताए ।
राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताए । फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ । (बीबीसीबाट)
प्रकाशित समय १०:१६ बजे

















