गृहपृष्ठ थप ५१८१ पीसीआर परीक्षण गर्दा ८३० जनामा कोरोना संक्रमण पुष्टि
थप ५१८१ पीसीआर परीक्षण गर्दा ८३० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण गर्दा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप १ हजार ५ सय जना कोरोनामुक्त भएका छन् । योसँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । आइतबार कोरोनाबाट थप ९ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगिसकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ जना छ । जसमध्ये १० हजार ९ सय ९४ जना आइसोलेसनमा र ५ सय १६ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १८ लाख ३१ हजार ४१ जनामा पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित समय १६:५६ बजे

















