गृहपृष्ठ तराई क्षेत्रमा बाक्लो हुस्सु, अपराह्नपछि सुधार हुने

तराई क्षेत्रमा बाक्लो हुस्सु, अपराह्नपछि सुधार हुने

mausam-newskarobar

शुक्रबार बिहान तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश ५, प्रदेश २ र प्रदेश १ का तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

हुस्सु लागेसँगै अत्यधिक रूपमा चिसो बढेको छ । महाशाखाका अनुसार सबैभन्दा बढी चिसो सुदूरपश्चिम प्रदेशमा बढेको छ । सुदूरपश्चिमको धनगढीमा ८.६ डिग्री सेल्सियस छ भने नेपालगञ्जको तापक्रम ९.४, भैरहवाको ९, सिमराको ९.४, जनकपुरको १०.२ र विराटनगरको ११ डिग्री सेल्सियस रहेको छ ।

आज पश्चिम तराईमा बिहानको समयमा अधिकांश स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको भएता पनि अपराह्नसम्म क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मध्य तराईमा बिहानको समयमा एक/दुई स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ ।

अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ भने पूर्वी तराईमा बिहानको समयमा एक/दुई स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको र अहिले क्रमिक रुपमा सुधार हुँदै गएको छ । कुहिरो/हुसु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनका लागि महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु