गृहपृष्ठ हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो १०० प्रतिशत लाभांश

हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो १०० प्रतिशत लाभांश

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी सय प्रतिशत लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने कम्पनीहरूमध्येको यो हालसम्मकै उच्च हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पुस २९ गतेको साधारण सभाबाट पारित हुनेछ । साधारण सभाका लागि पुस १७ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्नेछ । १६ गतेसम्म सेयर किन्नेहरुले कम्पनीको लाभांश पाउँछन् ।

एक महिनाको अवधिमा हिमालयन डिस्टिलरीको सेयर मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो भने चालू आवको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ९२.१७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको सेयर पुँजी ५७ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२९ रुपैयाँ रहेको हिमालयन डिस्टिलरीको पीई अनुपात १३.९५ र प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ छ । कम्पनीको प्रमुख उत्पादन गोल्डेन ओक हो । कम्पनीको कुल सेयरमध्ये ३८ प्रतिशत सर्वसाधारण र ६२ प्रतिशत संस्थापक छ ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु