गृहपृष्ठ कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण
कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण
मंगलबार थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका प्रदेशका सात जिल्लाका २६ र अन्य प्रदेशका दुईजना गरी २८ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा २७ जना र चौरजहारी पीसीआर परीक्षण प्रयोगशाला रुकुम पश्चिममा गरेको परीक्षणमा एकजनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार २३६ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार सोमबार कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका १४, दैलेखका तीन, सल्यानका दुई, डोल्पाका तीन, जुम्लाका एक, जाजरकोटका दुई, कालिकोटका एक र अन्य प्रदेशका दुईजना रहेका छन् ।
कँडेलले प्रदेशका विभिन्न अस्पतालहरुका आइसोलेसन तथा होम आइसोलेसनहरुमा २२२ जना कोरोनाका संक्रमित रहेको बताए । सोमबार नै प्रदेशभरबाट सात जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म ६ हजार ८३२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशभर कोरोना भाइरसको संक्रमणका कारण २२ जनाले ज्यान गुमाइसकेको महाशाखाको तथ्यांक छ ।
प्रकाशित समय ०८:०४ बजे

















