गृहपृष्ठ सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो
सुनको मूल्य ७ सय रुपैयाँ बढ्यो
सुनको मूल्य सोमबार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:०७ बजे

















