गृहपृष्ठ सोमबार थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना डिस्चार्ज

सोमबार थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७१८ जना डिस्चार्ज

नेपालमा सोमबार थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप ७ सय १८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना भाइरसबाट निको भई घर फर्किनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । आज कोरोनाबाट थप ७ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ जना छ । जसमध्ये ६ हजार ४ सय २७ जना आइसोलेसनमा र ३ सय ६९ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु