गृहपृष्ठ टर्की पुग्यो पहिलो चरणको चिनियाँ खोप

टर्की पुग्यो पहिलो चरणको चिनियाँ खोप

कोरोनाभाइरसविरुद्धको पहिलो चरणको चिनियाँ खोप बुधबार टर्की भित्रिएको छ । चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अंकारामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आमनागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्यमन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्विटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिएका छन् ।

परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आमनागरिकलाई प्रदान गर्ने टर्की सरकारको योजना छ । टर्कीमा मंगलबारमात्रै थप १५ हजार ८०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कुल संक्रमितको संख्या २१ लाख ७८ हजार ५८० पुगेको छ ।

कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ । मंगलबार २५३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु