गृहपृष्ठ काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो, जुम्ला सबैभन्दा चिसो
काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो, जुम्ला सबैभन्दा चिसो
संघीय राजधानी काठमाडौं आज वर्षकै सबैभन्दा चिसो बनेको छ । आज काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको छ ।
आज देशभरमा जुम्ला सबैभन्दा चिसो बनेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्रीसम्म पुगेको विभागले जनाएको छ ।
प्रकाशित समय १२:०५ बजे

















