गृहपृष्ठ थप ५३४ जनामा कोरोना पुष्टि, ४४७ जना डिस्चार्ज, ९ जनाको मृत्यु
थप ५३४ जनामा कोरोना पुष्टि, ४४७ जना डिस्चार्ज, ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । बिहीबार काठमाडौं उपत्यकामा १०३ महिला र १४४ पुरुष गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उल्लेख गरेअनुसार बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ रहेको छ । गत २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ । हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।
हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:४३ बजे

















