गृहपृष्ठ राष्ट्रपतिविरुद्ध सडकबाट उठाएको विषय गैरकानुनी र आपराधिक हो : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध सडकबाट उठाएको विषय गैरकानुनी र आपराधिक हो : गृहमन्त्री

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापा ।

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताए ।

मन्त्री थापाले भने,’राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छानबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ संघले  प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

‘आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ-आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढंगबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।संघले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु