गृहपृष्ठ दुई दिनमा सुनको मूल्य १९०० रूपैयाँ बढ्यो

दुई दिनमा सुनको मूल्य १९०० रूपैयाँ बढ्यो

gold-price-hike-newskarobar

सोमबार ८ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि १ हजार १ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमा सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबारको लागि तेजावी सुन प्रतितोला ९५ हजार ९ सय रूपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी १० रूपैयाँ बढेर १३ सय ३५ रुपैयाँ मूल्य तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु