गृहपृष्ठ ६ हजार ७०६ पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि

६ हजार ७०६ पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ जनामा पीसीआर परीक्षण गर्दा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १९३ जना पुगेको छ ।

त्यस्तै बुधबार थप ६ जनाको कोरोना भाइरसबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १ हजार ८९९ जनाले ज्यान गुमाईसकेका छन् । आज थप ४९५ जनाले कोरोना भाइरसलाई जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेको छ । जसमध्ये ५ हजार १३३ जना आइसोलेसनमा र ३४२ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु