गृहपृष्ठ सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराद्वारा राजीनामा
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराद्वारा राजीनामा
पत्रकार सम्मेलनमा मन्त्री बोहरा ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्ड-नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।
प्रकाशित समय १६:२७ बजे

















