गृहपृष्ठ बागलुङमा जिप दुर्घटना, एकको मृत्यु, सात घाइते
बागलुङमा जिप दुर्घटना, एकको मृत्यु, सात घाइते
सांकेतिक तस्बिर ।
बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
बुधबार साँझ ७ बजे निसीखोला गाउँपालिका २ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग. ३ च २७१३ नम्बरको पिकअप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोकामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला ३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही देवी नगरका ५ वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए ।
कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित समय ०८:०७ बजे

















