गृहपृष्ठ पीएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

पीएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

फ्रेन्च सुपर कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । माउरो इकार्डी र नेयमारको गोलबाट फाइनलमा मार्सेलीलाई २-१ गोलअन्तरले पराजित गर्दै पीएसजीले उपाघि हात पारेको हो ।

खेलको ३९औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको पीएसजीका लागि ८५औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २-० गोलको अग्रता दिलाए ।

खेलको ८९औं मिनेटमा पायटले गोल गर्दै मार्सेलीलाई २-१ को स्थितिमा ल्याए । तर बाँकी समयमा गोल गर्न नसक्दा पीएसजीसँग मार्सेली २-१ गोलअन्तरले पराजित भएको हो । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि यो पहिलो उपाधि हो । पीएसजीको भने सुपर कपमा यो १०औं उपाधि हो ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु