गृहपृष्ठ नेपालमा पनि भेटियो कोरोनाको नयाँ प्रजाति, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि
नेपालमा पनि भेटियो कोरोनाको नयाँ प्रजाति, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि
नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाको नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिनअघि आएका ६ जनामध्ये तीनजनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको हो ।
नयाँ प्रकारकाे भाइरसकाे संक्रमण भए नभएकाे पत्ता लगाउनका लागि उनीहरुकाे नमुना विश्व स्वास्थ्य संगठनकाे सहयाेगमा पुष २७ गते हङकङकाे प्रयाेगशालामा पठाइएकाे र त्यसकाे रिपाेर्ट साेमबार प्राप्त भएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएकाे छ । ‘नयाँ प्रकारकाे काेराेना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष छन् । २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम छ,’ सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

प्रकाशित समय १४:०९ बजे

















