गृहपृष्ठ गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि गुड्यो ट्रक, १३ जनाको मृत्यु
गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि गुड्यो ट्रक, १३ जनाको मृत्यु
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरहरूमाथि ट्रक गुड्दा १३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि सोमबार राति ट्रक गुडेको हो ।
उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रक फुटपाथमा उक्लिएको बताइएको छ । फुटपाथमा राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुर सुतेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:१८ बजे

















