गृहपृष्ठ रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले १७ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विवाद आज पनि जारी रहेपछि झडपको स्थिति आएको प्रहरीले जनाएको छ । आज छलफलका लागि भेला भएका दुवै पक्षबीच इलाका प्रहरी कार्यालय, आठबिसकोटमै झडप  भएको हो । उनीहरुले झ‍डपका क्रममा ढुंगामुढा प्रहारसमेत गरेका थिए ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु