गृहपृष्ठ एक अत्याचारी शासकको युगको अन्त्य भयो : इरानी राष्ट्रपति रुहानी

एक अत्याचारी शासकको युगको अन्त्य भयो : इरानी राष्ट्रपति रुहानी

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दैछन् । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनुबाहेक अरु कुनै फलदायी कार्य गरेनन्,’ रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताएका छन् ।

शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लिकन पार्टीबाट उम्मेदवार भएका राष्ट्रपति ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।

राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हालेलगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए । (रासस)

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु