गृहपृष्ठ अमर्यादित र गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गर्ने तीन शिक्षक पक्राउ
अमर्यादित र गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गर्ने तीन शिक्षक पक्राउ
परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसुरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविका तीन शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका १ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका ४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका ११ फूलबारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरीषकुमार बस्ताकोटी छन् ।
उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रबाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसुरजन्य कार्यसमेत भएको हुनसक्ने देखिएकाले आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही हुने भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको पत्र जाहेरीसहितका कागजात माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
दोषीहरूमाथि शिक्षा ऐनअन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद भई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित समय १६:१८ बजे
















