गृहपृष्ठ मानव अधिकार संगठनको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने बृद्ध पक्राउ
मानव अधिकार संगठनको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने बृद्ध पक्राउ
आफूलाई मानव अधिकार संगठनको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिलाई ठगी गर्ने बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका ५ खमारे स्थायी घर भइ काठमाडौं महानगरपालिका ७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा रहेका छन् ।
थापाले ठगीएका ती व्यक्तिलाई आफू अमेरिका हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई १५ लाख रुपैयाँ ठगी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ठगी गरेको खुलेपछि थापालाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको नामको परिचय पत्रसहित काठमाडौँको दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाइको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:१६ बजे

















