गृहपृष्ठ थप ३८३ जना कोरोनामुक्त, ३१८ जना संक्रमित थपिए
थप ३८३ जना कोरोनामुक्त, ३१८ जना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १२ पीसीआर परीक्षण गर्दा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार ३८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।
हाल देशभर ३ हजार ६ सय ९३ सक्रिय संक्रमित रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।
प्रकाशित समय १७:०३ बजे

















