गृहपृष्ठ काठमाडौँ आइपुग्यो कोरोना खोप, पहिलो चरणमा अग्रपंक्तिमा रहेकालाई लगाइने
काठमाडौँ आइपुग्यो कोरोना खोप, पहिलो चरणमा अग्रपंक्तिमा रहेकालाई लगाइने
नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको छ । एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको कोरोनाविरुद्धको खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
पहिलो चरणमा ल्याइएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायतलाई दिइनेछ ।
भारतले १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई दिइएको हो ।
प्रकाशित समय १४:३८ बजे

















