गृहपृष्ठ सिरहाकाे जिबाखाेला पुलनजिक राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
सिरहाकाे जिबाखाेला पुलनजिक राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
फाइल तस्बिर ।
पूर्व-पश्चिम राजमार्जअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका- ५, जिबाखोलाको पुलनजिकै फेला परेको प्रेसर कुकरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान फेला परेको उक्त शंकास्पद वस्तु चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । डीएसपी पौडेलका अनुसार बम राखिएको हल्लापछि अवरुद्ध राजमार्ग अहिले पूर्ण रुपमा सुचारु भइसकेको छ ।
प्रकाशित समय १२:४४ बजे

















