गृहपृष्ठ प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुईवटा अवहेलना मुद्दा दर्ता
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुईवटा अवहेलना मुद्दा दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्माले बेग्लाबेग्लै रिट दर्ता गरेका हुन् । आचार्यले आइतबार र न्याैपानेले साेमबार ओलीविरुद्ध अदालतकाे अवहेलना निवेदन हालेका थिए ।
निवेदन पत्रमा अदालतकाे अवहेलनामा प्रधानमन्त्री ओलीलाई कारबाही तथा सजाय माग गरिएकाे छ । प्रधानमन्त्री ओलीले केही दिनअघि संसद विघटनविरुद्ध बहस गरिरहेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सार्वजनिक कार्यक्रममै ‘तमासे’ भनी अवहेलना गरेका थिए ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक भएको’ भन्दै विज्ञप्ति जारी गरेका चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध पनि अवहेलनाको मुद्दा दर्ता भएको छ । पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरूद्ध मुद्दा दर्ता भएको हो । त्यसैगरी पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध समेत अवहेलना मुद्दा दर्ता भएको छ । उनले संसद विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्न सक्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए ।
प्रकाशित समय १६:०६ बजे

















