गृहपृष्ठ नेप्सेमा १७ अंकको करेक्सन हुँदा ५९ कम्पनीका लगानीकर्ताले कमाए
नेप्सेमा १७ अंकको करेक्सन हुँदा ५९ कम्पनीका लगानीकर्ताले कमाए
नेपाल लाइफ इन्स्योरेन्सको मात्रै डेढ अर्बको सेयर किनबेच
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १७ अंकको करेक्सन आएको छ । होटल र वित्तबाहेकका सबै समूह घटेपछि नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा झरेको हो ।
बजार घट्दा पनि ५९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स र एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
मंगलबार २०७ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५४५ कित्ता सेयर ८ अर्ब २७ करोड ९६ लाखबराबरमा कारोबार भएको छ । कारोबार रकम सोमबारको भन्दा ६३ करोड कम हो । सोमबार ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ४५ करोड ७ लाख रूपैयाँको सेयर कारोबार भएको छ । ५० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले नेपाल लाइफको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण ३२ खर्ब ६३ अर्बमा झरेको छ । सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघेको थियो ।
प्रकाशित समय १६:२१ बजे

















