गृहपृष्ठ नापी अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नापी अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नापी अधिकृत घनश्याम दुवे, सर्वेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगोसमेत दाबी गरेको छ । रुपन्देहीस्थित साविक कि नं.३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा दर्ता गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अनुसन्धान गर्दा गैरकानुनी रुपमा सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कार्यमा तीनै जनालाई संलग्न भएको पाएको अख्तियारको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । सहायक प्रवक्ता भण्डारीका अनुसार उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम रहेकाले सजायको लागि बिहीबार अदालतमा मुद्धा दायर भएको हो ।
प्रकाशित समय १७:५२ बजे

















