गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भएका १२ उपसमूहमध्ये ९ को सेयर ओरालो
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भएका १२ उपसमूहमध्ये ९ को सेयर ओरालो
लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ अंकले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ बराबरको कारोबार भएको छ । बजार पुनः आज ओरालो लागेर करेक्सन भएको छ । बजार ओरालो लागे पनि बजार पूँजीकरण भने ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख ४० हजार बराबर रहेको छ ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै सेयर उकालो लागेको छ । नौ उपसमूहको सेयर भने ओरालो लागेको छ । निर्जीवन बिमा ४१०.३९, उत्पादन १६७, लघुवित्त ८७.२४ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ ४१.०८, व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, जलविद्युत् २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बिमा ४२.४७ र सामूहिक लगानी कोष ०.२२ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा बिहीबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा छ । सो कम्पनीको ५६ करोड ६३ लाख ९८ हजार ९९१ बराबरको कारोबार भयो । नेपाल पुनर्बिमा कम्पनी ३१ करोड ५४ लाख १३ हजार ७७१, हिमालयन डिस्टिलरी ३१ करोड ५२ लाख ९७ हजार २०४, एनआइसी एशिया बैंक रु २८ करोड ४८ लाख ५१ हजार २१७, शिखर इन्स्योरेन्स २७ करोड चार लाख २३ हजार ४१५, नेपाल दूरसञ्चार कम्पनी २२ करोड ७६ लाख ८७ हजार ४९३, नेको इन्स्योरेन्स २२ करोड २२ लाख ३९ हजार ८३५, प्रभु बैंक २० करोड ५७ लाख ८७ हजार ८४७ र नेपाल बैंक लिमिटेडको २० करोड २९ लाख ४५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।
कारोबारका आधारमा सूर्योदय लघुवित्त १०, सगरमाथा इन्स्योरेन्स १०, सपर्वोट माइक्रो फाइनान्स ९.९८, आरम्भ चौचारी लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९७, सारथी नेपाल लघुवित्त ९.४७, हिमालयन डिस्टिलरी ८.८७ र गरिमा विकास लघुवित्तका लगानीकर्ताले ८.५९ प्रतिशतले कमाए । सिदार्थ इक्विटी फण्ड ६.७८, हिमालयन पावर पार्टरन ६.२९, गुडबिल फाइनान्स ५.९७, मिथिला लघुवित्त वित्तीय संस्था ५.८२, गुराँस लघुवित्त ५.७७, सानिमा इक्विटी फण्ड ४.८४, प्रोगेसिभ फाइनान्स ४.७९ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाए ।
प्रकाशित समय १८:३६ बजे

















