गृहपृष्ठ नेपाली मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण

नेपाली मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण

नेपालका चल्तीका मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण भएको एक अध्ययनले देखाएको छ । मिडिया एक्सन नेपालले गरेको ‘नेपाली मिडियामा भ्रामक समाचार’सम्बन्धि अध्ययनले ३.७० प्रतिशत समाचार भ्रमपूर्ण भएको देखाएको हो ।

मिडिया एक्सनले लकडाउनपछि नेपालका कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक, नेपाल समाचारपत्र, गोरखापत्रसहित १० दैनिक, अनलाइन खबर, बाह्रखरी, सेतोपाटी, रातोपाटी, थाहखबर, देशसञ्चार, नेपाल खबर, हिमालखबर, नेपाल लाइभ र खबर हबसहित १० अनलाइन समाचार पोर्टलमा प्रकासित ४९ हजार ५१ वटा समाचारको अध्ययन गरि सो निष्कर्ष निकालेको हो ।

अध्ययन प्रतिवेदनअनुसार लकडाउनपछिका ३ महिनामा अध्ययन गरिएका ४९ हजार ५१ समाचारमध्ये १ हजार ८१७ वटा समाचारमा गलत र भ्रामक सूचना समावेश थिए । यीमध्ये राष्ट्रिय दैनिक पत्रिकाले ९०७ वटा र अनलाइन समाचार पोर्टलहरूले ९१० वटा गलत र भ्रामक समाचार छापेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा अध्ययन गरिएका करिब ५० हजार समाचारमध्ये केबल १९ वटा समाचारमात्रै गलत जानकारीयुक्त थिए भने ३६ वटा समाचारमा भ्रामक शीर्षक थिए ।

यी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषणमा सबैभन्दा बढी भ्रामक स्रोत (करिब ९६ प्रतिशत)को सबैभन्दा बढी प्रयोग भएको र त्यसपछि भ्रामक शीर्षक, दुष्प्रचार र गलत जानकारी रहेको अध्ययनमा उल्लेख छ।

‘समाचार वा साभार गरिएको स्रोत उल्लेख नगर्नु पनि गलत किसिमले सूचना वा समाचार सम्प्रेषित गर्नु हो,’ भन्दै समाचारको स्रोत उल्लेख नगरिनुलाई स्रोतसँग सम्बन्धित गलत सूचना र समाचार अध्ययन सूचकको रूपमा राखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु