गृहपृष्ठ बिहीबार सुनको मूल्य ९ सय रुपैयाँले घट्यो
बिहीबार सुनको मूल्य ९ सय रुपैयाँले घट्यो
बिहीबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।
बुधबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित समय ११:४१ बजे

















