गृहपृष्ठ २७९९ पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण पुष्टि

२७९९ पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७९९ जनामा पीसीआर परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४८ महिला र ५७ जना पुरूष छन् ।

यससँगै देशभर कोरोना संक्रमितको  संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना भाइरसमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५६४ जना पुगेको छ ।

हाल देशभर २ हजार १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार १०८ जना आइसोलेसनमा र ९२ जना क्वारेन्टिनमा छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु