गृहपृष्ठ म्यानमारमा सैन्य कु : फेसबुकपछि ट्वीटर र इन्स्टाग्राम पनि बन्द
म्यानमारमा सैन्य कु : फेसबुकपछि ट्वीटर र इन्स्टाग्राम पनि बन्द
म्यानमारमा शनिबार ट्वीटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कुको विरोधमा आन्दोलन चर्किइरहेका बेला त्यहाँको सैनिक सरकारले यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।
सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई ब्लक गरिएको हो । शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्वीटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो । सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गर्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए ।
म्यानमारको यस कदमलाई ट्वीटरले चिन्ताजनक भनेको छ । ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘यो मानिसको आवाज दबाउने खालको निर्णय हो । ओपन इन्टरनेट संसारभर खतरामा छ । हामी विनाशकारी नेतृत्व भएको सटडाउनको अन्त्य गर्ने पक्षमा वकालत गरिरहन्छौँ ।’
म्यानमारको सेनाले गत सोमबार बिहान कू गरी स्टेट काउन्सिलर आङ साङ सु ची, राष्ट्रपति विन म्यिन्टसहित नेसनल लिड फर डेमोक्रेसी (एनएलडी)का सदस्यहरूलाई हिरासतमा लिएको थियो ।
फेसबुकले समेत भनेको छ, ‘म्यानमारमा दूरसञ्चार प्रदायकहरूलाई स्थायी रूपमा इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिइएको छ । हामी अधिकारीहरूसँग कनेक्टिभिटी कायम गर्नका लागि अनुरोध गर्ने छौँ । म्यानमारका मानिस परिवार र साथीसँग कुराकानी गर्न सकून् र आवश्यक जानकारीको प्रयोग गर्न सकुन्, हामी यही चाहन्छौँ ।’
प्रकाशित समय १३:५३ बजे

















